२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

दाउरा टिप्‍न गएका बाबुछोरी नारायणीमा बेपत्ता

सांकेतिक तस्वीर ।

नारायणी नदी र अरुणखोला खोला दोभानमा दाउरा छोप्न गएका पूर्वी नवलपरासीको मध्य बिन्दू नगरपालिका १५ तत्लो भिउरानका बाबु–छोरी बेपत्ता भएका छन् ।

शुक्रबार साँझ मध्यबिन्दु १२ र १५ को सिमानामा पर्ने अरुणखोलाको पुछारमा भेलमा बगाएर ल्याउने दाउरा टिप्न जाँदा भूपलाल क्षेत्री र उनकी १४ वर्षीया छोरी सुजिता क्षेत्रीलाई बगाएको हो । बेपत्ताको खोजीका लागि स्थानीय र प्रहरी खटिएका छन् । भूपलालकी श्रीमतीको भने उद्धार गरिएको पूर्वी नवलपरासीका डिएसपी मोहन खाँणले बताए ।

वर्षात्‌को भेलमा यहाँका खोलानदीमा बगेर आएका दाउरा बटुल्ने गर्छन् । उर्लंदो भेल र चिप्लो सतहको जानकारी नहुँदा उनीहरु बगेको स्थानीयको अनुमान छ ।