२०७९ असोज २१ गते शुक्रवार
२०७९ असोज २१ गते शुक्रवार

प्रदेश पाँचसहित ४ वटा प्रदेशका केही स्थानमा भारी वर्षा हुने

देशभर शनिबारको मौसममा सामान्यतया बदली रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौुमविदले बताएका छन्।

सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश नम्बर ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

प्रदेश नम्बर ५ र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ भने बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ।

हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ।