२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

शान्तिनगरमा मोटरसाईकलको ठक्करबाट एकको मृत्यु

सांकेतिक तस्वीर ।

मोटरसाईलको ठक्करबाट दाङको शान्तिनगरमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका–४ गवदवा निबासी ५० बर्षका आइते रोका रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।

तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेको रा३प १०९४ नम्बरको मोटरसाईकलले करिब ४ बजे पछाडिबाट ठक्कर दिदा घाईते भएका रोकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ठक्कर दिने मोटरसाईकल सहित चालक शान्तिनगर गाउँपालिका–४ शान्तिपुर निबासी थमन कँडेललाई चिराघाट प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।