२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

शान्तिनगरका थप ४ कर्मचारीसहित १५ जनामा कोरोना पुष्टि

शान्तिनगरमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परीक्षणमा गाउँपालिकामा कार्यरत ४ जना कर्मचारीसहित १५ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य प्रमुख हरी पुनले जानकारी दिनुभएको छ ।

पिसिआर परीक्षणका लागि भदौ ३० गते ४६ जनाको स्वाब संकलन गरी शनिवार परिक्षण गर्दा वडा नं. २ का ७ जना, वडा नं. ३ का ३ जना र वडा नं. ४ का १ जना गरि १५ जनामा कोरोना संक्रमण देखिएको हो ।