२०७८ मङ्सिर १८ गते शनिवार
२०७८ मङ्सिर १८ गते शनिवार

बाँकेमा ५९ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

सांकेतिक तस्वीर ।

बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

ज्यान गुमाउने संक्रमित ५९ वर्षीय एक पुरुष हुन्। नेपालगगञ्ज उपमहानगरपालिका वडा नं. २१ पुरैना निवासी ५९ वर्षीय पुरुषको शनिवार राति साढे ११ बजे मृत्यु भएको हो।

उनको दुबै तिरको फोक्सोमा निमोनिया भएर मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

उनी भदौ २० गते स्वास्थ्यमा समस्या उत्पन्न भएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका थिए।