२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

कोरोना रिपोर्ट नआएपछि नगरपालिकाको सेवा बन्द

कोरोना परीक्षणका लागि स्वाब पठाएको हप्ता दिनसम्म रिपोर्ट नआएपछि पाल्पाको तानसेन नगरपालिकाको सम्पूर्ण काम बन्द भएको छ ।

जनप्रतिनिधि र कर्मचारी स्वाब दिएर होम क्वरेण्टीनमा बसेका छन् । जनप्रतिनिधि र कर्मचारीको कोरोना परीक्षण रिपोर्ट नआउँदा समस्या भएको हो । एक जना वडा अध्यक्ष र अरु वडा सदस्यसहित ४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएपछि तानसेन नगरपालिकाले नगरपालिकाको कार्यालयसहित सबै वडा कार्यालयहरु बन्द गरेको हो ।

गएको बिहीबार कार्यपालिकाको बैठकमा सहभागी एक वडाध्यक्ष र कार्यपालिका सदस्यमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि नगर प्रमुख, उपप्रमुख, कर्मचारीहरु, १४ वडाका वडाध्यक्षहरु र त्यहाँ कार्यरत कर्मचारीहरु स्वाबको नमूना दिएर होम क्वारेण्टीनमा रहेका छन् ।