२०७७ कार्तिक १२ गते बुधवार
२०७७ कार्तिक १२ गते बुधवार

आइसोलेसन व्यवस्थापनको जिम्मा स्थानीय तहलाई

फाईल फोटो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसोलेसन व्यवस्थापनको जिम्मा स्थानीय तहलाई छाडेको छ ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार अस्पतालहरुमा लक्षण भएका कोरोना संक्रमितहरुलाई मात्र राखिनेछ । लक्षण नभएकाहरु संस्थागत वा होम आइसोलेसनमा राख्नुपर्छ ।

आइसोलेसन व्यवस्थापन स्थानीय तहले गर्नुपर्ने प्रवक्ता गौतमले बताए । संस्थागत आइसोलेसनमा बसेकाहरुलाई १४ दिनमा अनिवार्य डिस्चार्ज गर्नुपर्ने छ ।