२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

सेल्टरमा खान र बस्नलाई माहुरी होमको सहयोग

अल्पकालिन महिला तथा बालबालिका सुरक्षा केन्द्र (सेफ हाउस) गोलौरी दाङका लागि सामाग्री हस्तान्तरण गरिएको छ । डिएफआईडीको आर्थिक सहयोगमा भिएसओ नेपाल र ईन्टरनेशनल अलर्टसँगको साझेदारीमा समग्र लैङिगक उत्तरदायी र जवाफदेहि न्यायमा पहँुच सुद्धिढीकरण (सहज) परियोजनाद्धारा मधेस मानव अधिकार गृह (माहुरी होम) ले २७ हजार १ सय २० मुल्य बराबरको लो–बेड ३ थान, १७ सय ५० रुपैया मूल्यको प्रेसकुकुर १ थान, २१ सय ६० रुपैयाको प्लेट स्टील १२ थान, २६ सय ४० रुपैयाको प्लेट फाईवरको १२ थान, १६ सय ८० मुल्यको १२ थान ठुलो ग्लाय,४ सय ८० मूल्यको ठुलो चम्चा १२ थान लगायत ९१ हजार ३ सय ३२ रुपैया मूल्यको ३२ प्रकारका बिभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश रमेश पोख्रेललाई माहुरी होम कपिलबस्तुका अध्यक्ष रबीन्द्र ठाकुरले ती सामाग्री हस्तान्तरण गर्नूभएको थियो भने मुख्य न्यायाधीश पोख्रेलले तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया शर्मालाई हस्तान्तरण गर्नुभएको हो ।

मधेस मानव अधिकार गृह ९माहुरीहोमद्धारा सञ्चालित सहज परियोजनाबाट प्राप्त ती सामाग्रीहरु उपमेयर माया शर्माले सृजना महिला वचत तथा ऋण सहकारी संस्था तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १० गोलौरीले सञ्चालन गरेको हिंसा प्रभाबित महिला तथा बालिकाहरु लागि उपमेयर अल्पकालिन महिला सुरक्षा सेवाकेन्द्रका अध्यक्ष डिला केसीलाई हस्तान्तरण गर्नुभएको थियोे ।

कार्यक्रममा प्रमुख अतिथी,उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश रमेश पोख्रेलले कोभिड–१९ ले पारेको प्रभाबका कारण सबै भन्दा बढी प्रभाबित महिला,बालबालिकाहरु परेको बताउनुभयो । ती हिंसा पीडितहरुलाई मानवताका नाताले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया शर्म्माले २८ गतेका दिन सडकमा फेला पारि सेफ हाउसमा सेल्टर दिइएकी एक जना किशोरीले असार ३ गते शिशु जन्म दिएको जानकारी दिनुभयो । ती किशोरी र शिसुको न्यायका लागि अदालती प्रक्रिया जारि रहेको उपमेयर शर्माले बताउनुभयो ।

परिवारमा पुर्नस्थापना नहुदा सम्म सेफ हाउसमै बस्नका लागि सहयोगी संघ संस्थाहरु÷दातााहरुको आबश्यकता रहेको उहाँले बताउनुभयो । हिंसा पीडित महिलाहरुलाई सबैले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । हाल उक्त सेल्टरमा आमा र एक शिशु बस्दै आएका छन् ।

माहुरी होम कपिलबस्तुका अध्यक्ष रबीन्द्र ठाकुरले प्रदेश नम्वर ५ अन्तरर्गत कपिलबस्तु, रुपन्देही, नवलपरासी, दाङ, बाँके, प्युठान र रोल्पाका २२ वटा पालिकाहरु र गण्डकी प्रदेशका नवलपुर जिल्ला एक वटा पालिकामा हानिकारक सामाजिक तथा लैङिक मान्यतामा रुपान्तरण र न्याँयको पहुँचमा अभिबृद्धी गर्न बिद्यालय केन्द्रीत ,परीवार केन्द्रीत र सामाजिक जवाफदेहिता केन्द्रीत पद्धतीमा बिभिन्न क्रियाकलपहरु सञ्चालन गर्दै आईरहेको जानकारी दिनुभयो ।

तर हालको परिस्थीतिमा कोभिड –१९ बाट पर्न गएको लैङिक हिंसाका प्रभाबितहरुलाई निरन्तर सेवा प्रभाब गर्नका लागि यी सेल्टरलाई यस सहज परियोजनाबाट सामाग्रीहरु हस्तान्तरण गर्ने गरिएको अध्यक्ष ठाकुरले बताउनुभयो । कार्यक्रमको सहजिकरण सृजना महिला वचत तथा ऋण सहकारी संस्था तुलसीपुरका रमा आचार्यले गर्नुभएको थियो ।