२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

कोरोना संक्रमणबाट थप १० जनाले ज्यान गुमाए

सांकेतिक तस्वीर ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा ६ महिला र चार पुरुष छन् । यीमध्ये काठमाडौँ उपत्यकाका मात्रै ६ जना छन् ।

धनुषाका ७६ वर्षीय पुरुष, काठमाडौँका ४०, ६० र ६३ वर्षीया महिला तथा ८२ वर्षीय पुरुष, ललितपुरकी ७५ वर्षीया महिला, भक्तपुरकी ७२ वर्षीया महिला, चितवनका ८० वर्षीय पुरुष, रुपन्देहीका ६७ वर्षीय पुरुष र पाल्पाकी ४० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाकारी दिएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय ११ पुगेको छ।