२०७७ कार्तिक १२ गते बुधवार
२०७७ कार्तिक १२ गते बुधवार

प्रदेश ५ मा एकैदिन २ सय ५ जनाले जिते कोरोना भाइरस

फाइल तस्वीर ।

प्रदेश ५ मा आइतबार एकैदिन २ सय ५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै प्रदेशमा कोरोनाबाट निको हुनेहरुको संख्या ६ हजार ६ सय ८८ पुगेको सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी डा. पुष्पराज पौडेलले बताए ।

प्रदेश ५ मा आइतबार थप ७० जनामा कोरोना पुष्टि भएको छ । यससँगै प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या ९ हजार १ सय ५५ पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार रुपन्देहीमा २३, बाँकेमा २६, रुकुमपूर्व ८, पाल्पा ४, नवलपरासी पश्चिम ३, बर्दिया र दाङमा २, कपिलवस्तु र अर्घाखाँचीमा एक/एक जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित मध्ये २ हजार ३ सय ३९ जना उपचाररत छन् । तीमध्ये २ सय ३८ जना लक्षणसहितका बिरामी हुन् । संक्रमितमध्ये ६ सय ३६ जना होम आइसोलेसनमा छन् ।

कोरोनाका कारण अहिलेसम्म प्रदेशमा ५६ जनाले ज्यान गुमाएका छन् ।