२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

कोरोना संक्रमणबाट नेपालगन्ज कारागारका कैदीको मृत्यु

बाँकेमा पहिलो पटक कोरोना संक्रमणबाट कैदीको मृत्यु भएको छ ।

सुर्खेत सहारेका ५८ बर्षीय कैदीको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

दमको विरामी ति पुरुष कैदीको श्वासप्रश्वासमा जटिल समस्या देखिएपछि सुर्खेत कारागारबाट नेपालगन्ज कारागारमा सारिएको थियो । कर्तव्य ज्यान मद्दामा सजाय काटीरहेका उनको भदौ २१ गते स्वाव लिइएको थियो । त्यही दिन उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

२२ गते भर्ना भएका ति कैदीको आज विहान ६ बजेर २५ मिनेटमा मृत्यु भएको हो ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।