२०७८ मङ्सिर २२ गते बुधवार
२०७८ मङ्सिर २२ गते बुधवार

शान्तिनगर गाउँपालिकाको कार्यालय थप एक हप्ता बन्द

दाङ शान्तिनगर गाउँपालकिाको कार्यालय अझै एक हप्ता सम्म बन्द हुने भएको छ ।

शनिवार गाउँपालिका कार्यालयमा कार्यरत थप ४ जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि यहि असोज १२ गते सम्म कार्यालय बन्द हुने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र उनका चालकलाई कोरोना संक्रमण पुष्टि भएपछि गत भदौ २८ गतेदेखी गाउँपालिकाले स्वास्थ्य सेवा बाहक सबै सेवा बन्द गर्दै आएको छ ।

त्यसपछि शिक्षा शाखामा कार्यरत एक जना कर्मचारी, ईन्जिनियर, सुब्बा र एक जना कार्यालय सहयोगी गरी ४ जनामा संक्रमण पुष्टि भएको थियो ।

अहिलेको अवस्थामा कार्यालयबाट सेवा प्रदान गर्दा संक्रमण अझै फैलन सक्ने भन्दै यहि असोज १२ गते सम्म कार्यालय बन्द गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमार कँडेलले सुचना जारी गरी जानकारी दिए ।