२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

सवारीको सिट क्षमता अनुसार यात्रु राख्न पाउनुपर्छ : हमाल

त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालले साबिककै भाडादरमा सवारीको सिट क्षमता अनुसार यात्रु राख्न पाउनुपर्ने माग गर्नुभएको छ ।

५० प्रतिशत भाडादर वृद्धि गरेर ५० प्रतिशत यात्रु राख्दा यात्रु र सवारी व्यवसायीलाई समस्या पर्ने भएकाले नेपाल सरकारसंग सवारीको सिट क्षमतानुसार यात्रु राख्न पाउनुपर्ने माग हमालले गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ – ‘नेपाल सरकार लाई हार्दिक अनुरोध गर्दछु कोरोना को कारणले सम्पुर्ण मानब जाती नै प्रभाबीत छ यस्तो अबस्थामा यात्रु बहाक सवारी साधनहरुमा ५० % मात्र यात्रु राख्न पाऊने र भाड दर ५०% बढी लीन पाऊने कुरा ले आम यात्रुबर्ग र ब्यबसायीहरुमा सारै नै मर्का परेको छ सिट छमता अनुसार यात्रु राख्न पाऊने र भाडा साबीककै पुरानो भाडा मा गाडी सन्चालन गर्न पाऊने ब्यबस्था को लागी नेपाल सरकार संग जोडदार माग गर्दछु । किनकी हवाई जहाजमा सिट क्षमता अनुसार यात्रु राख्न पाऊने यात्रु बहाक हाम्रा सवारीका साधनहरुले सिट क्षमता अनुसार यात्रु राख्न किन नपाऊने । हवाईजहाज संन्चालर हरु यो देशका ठुला ठुला उधोगपतीहरु भएका कारन ले यस्तो बिभेदकारी निर्णय गर्छ हाम्रो सरकारले । हाम्रो यस पेसामा आबद्ध ब्यबसायी हरु मध्ये ५०% स्वरजगार मजदुर बर्गको लगानी छ भने बाकी ५०% सामान्य नेपाली जन्ता हरुको लगानी छ ।यो कोरोना महामारी बाट दुख पिडा भोगीरहेका जन्ताहरु ले प्रयोग गर्ने सार्बजनिक सवारीका साधनहरु मा भाडा बढाऊदा आम यात्रु लाई मर्का परेको छ भने हामी ब्यबसायी हरु झन धरासायी हुने र पलाएन हुने सम्भाबना बढेर जादैछ यस तर्फ हाम्रो सरकार ले छीटो भन्दा छिटो उचित निर्णय गर्ने छ भन्ने पुर्ण बिश्वास लिएका छु । छीटो भन्दा छीटो कोरोना को अन्त्य होस । जय यातायात बिश्वकर्मा बाबाले हामी सबैको कल्यान गरुन’