२०७८ मङ्सिर १ गते बुधवार
२०७८ मङ्सिर १ गते बुधवार

जेसिबी दुर्घटना हुँदा एकको मृत्यु, ३ जना गम्भीर घाइते

फाइल तस्वीर ।

बझाङमा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुंगल नगरपालिका वडा नम्बर १ को दहबगरमा आइतबार राती लु १ क १२७८ नम्बरको जेसिबी दुर्घटना हुँदा स्थानीय ३४ वर्षीय मानबहादुर बोहोराको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय बझाङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नेत्रबहादुर बोहोराका अनुसार दुर्घटनामा जेसिबी चालकसहित थप तीन जना घाइते भएका छन्। घाइते हुनेमा बुंगल नगरपालिका वडा नम्बर ९ का जेसीबी चालक २४ वर्षीय महेश खडायत, वडा नम्बर १ का २७ वर्षीय रामबहादुर बोहरा र ५० वर्षीय प्रताप धामी रहेको प्रहरी निरीक्षक बोहोराले जानकारी दिए।

तीनै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई थप उपचारका लागि धनगढी पठाइएको छ।