२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

‘कोभिड–१९ ले सृजना गरेको अशान्तिलाई शान्तिमा ल्याउँ’

मानव अधिकार तथा शान्ति समाजले अन्तराष्ट्रिय शान्ति दिवस मनाएको छ । हरेक बर्ष सेप्टेम्बर २१ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

यो दिवस सन् १९८२ सेप्टेम्बर २१ देखि मनाउन सुरु गरिएको हो । मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको भर्चुअल प्राविधिमा गरिएको अन्तराष्ट्रिय शान्ति दिवसको सन्दर्भमा कोभिड –१९ रोकथामका लागि औषधि र खोपको बिकाश बिषयक अन्तरक्रिया कार्यक्रममा संस्थापक सभापति कृष्ण पहाडीले संकटको बेला सयम गुमान नहुने बताउनुभयो ।

कोभिड–१९ ले बिश्वब्यापि रुपमा ल्याएको संकट र त्यसबाट अशान्ति सृजना भएकाले शान्ति समाजले शान्तिको सफलताको लागि अभियान सञ्चालन शुरु गरेको बताउनुभयो ।
तर कोभिड –१९ को अन्त्यका लागिका केही ब्यक्तिबाट बिज्ञानलाई चुनौति दिने अभिब्यक्ति आउनु गलत भएको बताउनुभयो ।

कार्यक्रममा शान्ति समाजका संस्थापक सदस्य कृष्ण कँडेल,बरिष्ठ उपसभापति गोबिन्द खनाल, तेह्रथुम शाखा सभापति लक्ष्मीनारायण मिश्र, सुनसरी शाखाका पुरुषोत्तम घिमिरे ,पर्सा शाखाका अर्जुन गौतम, नवलपुर शाखाका सचिब भानु रिमाल, नवलपरासीका पत्रकार गोपी ज्ञवाली, ललीतपुर शाखाका चन्द्रमणी बन्जाडा, काठमाण्डौ शाखाका ईश्वर पुडासैनी, केन्द्रिय कोषाध्यक्ष रामकृष्ण बराल, बाँके शाखाका सभापति कृष्णदेवी पाण्डे, नवलपरासी शाखाका सन्तोष अधिकारी लगायतले अन्तरक्रिया कार्यक्रममा आ आफ्ना भनाई राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण महासचिब सुशील बस्नेतले गर्नुभएको थियो ।

संयुक्त राष्ट्रसंघ महासभाले सन् १९८१ मा संसारका सवै देश र जनतामा शान्तिको कामना सहित अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने प्रस्ताव पारित गरेसंगै यसै दिनको सन्दर्भ पारेर अन्तर्राष्ट्रिय रुपमा शान्ति दिवस मनाउन थालिएको हो ।
नेपालमा भने यो दिवस २०६५ सालदेखि मनाउन थालिएको हो ।