२०७८ मङ्सिर ६ गते सोमवार
२०७८ मङ्सिर ६ गते सोमवार

अमेलियाबाट ३२५ ग्राम ब्राउन सगुरसहित एक पक्राउ

दाङमा प्रहरीले अहिलेसम्मकै ठुलो परिणाममा लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले देउखुरीको अमेलियाबाट ३२५ ग्राम लागुऔषध ब्राउन सुगरसहित नेपालगंज महानगरपालिका–११ भट्टी टोल निवासी ३५ बर्षीय महिन अन्सारीलाइ जनालाई पक्राउ गरेको छ ।

उनलाई प्रहरीले देउखुरीको लमही नगरपालिका–९ अमिलियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक गणेश चन्दले जानकारी दिएका छन् ।

प्रक्राउ परेका अन्सारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिएका छन् ।