२०७८ कार्तिक ३० गते मङ्गलवार
२०७८ कार्तिक ३० गते मङ्गलवार

तुलसीपुरमा २० हजार बढी नगदसहित ४ जुहाडे पक्राउ

फाइल तस्बिर ।

जुवा खेलिरहेको अवस्थामा तुलसीपुरबाट ४ जना पक्राउ परेका छन् ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक चक्रडम्मर पालको टोलिले दिउँसो २ बजे जुवा खेलिरहेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ महेन्द्र स्कुल नजिकैबाट जुवाडेहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुबाट नगद २० हजार ५ सय नगद र २ गड्डी तास समेत फेला पारेको थियो ।

जुवा खेलिरहेको अवस्थामा वडा नम्वर १६ वस्ने ३५ वर्षका छविलाल बस्नेत, वडा नम्वर ६ का वर्ष ३० का मधुसुदन रेग्मी सोही ठाउँका वर्ष २९ का भुवन खड्का र वर्ष ५० का देविसिंह महतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।