२०७८ मङ्सिर १८ गते शनिवार
२०७८ मङ्सिर १८ गते शनिवार

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२७ पुग्यो

सांकेतिक तस्वीर ।

नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२७ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ। १ हजार ५ जना संक्रमण मुक्त भएका छन् ।