२०७८ मङ्सिर १७ गते शुक्रवार
२०७८ मङ्सिर १७ गते शुक्रवार

बाँकेमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

बाँकेमा सोमबार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँकेको भेरी अस्पतालको ल्याबमा ४३ जना, नेपालगन्ज मेडिकल कलेज कोहलपुरको ल्याबमा ८ जना र बागेश्वरी ल्याबमा १ जना गरी ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ५१ जना छन्, जसमा निको भएर जानेको संख्या १२५० रहेको छ ।

हाल बाँकेमा ३९० जना उपचारमा छन, भने कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भइसकेको छ ।