२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

न्वारनको निम्तो मानेर फर्कंदै गर्दा पहिरोमा पुरिएर मृत्यु

फाइल तस्वीर ।

आफन्तको घरबाट न्वारनको निम्तो मानेर फर्कंदै गर्दा पहिरोमा पुरिएका दुई जनामध्ये एक जना मृत भेटिएका छन् । अर्का एक बालक बेपत्ता छन् ।

गुल्मीको इस्मा गाउँपालिका–२ मा सोमबार बेलुकी आठ बजेतिर पहिरोले पुरिएका स्याँला गाउँका प्रेम कुमालको शव भेटिएको हो ।

घटनामा पाँचवर्षीय बालक सफल कुमाल बेपत्ता भएको वडाध्यक्ष टीकाबहादुर रेस्मीले बताए ।

बालकको प्रहरी र स्थानीयले खोजी गरिरहेको उनले जानकारी दिए ।