२०८१ मङ्सिर २१ गते शुक्रवार
२०८१ मङ्सिर २१ गते शुक्रवार

कोइलावास भन्सार सञ्चालन गर्न निजी क्षेत्रको माग

जिल्लाको एकमात्र कोइलावास भन्सार सञ्चालनमा ल्याउन निजी क्षेत्रले तथा जिल्लावासीले माग गरेका छन् । भन्सार सञ्चालनमा आएमा दाङसहित साविक राप्ती अञ्चललाई नै सहजता हुने र जिल्लाको आर्थिक विकासमा ठूलो भूमिका खेल्ने निजी क्षेत्रको विश्वास छ ।

कोइलावास भन्सार सञ्चालनमा आएपछि जिल्लामा सामान आयात–निर्यातमा सहजता हुने व्यवसायीको आशा छ । यस नाका हुँदै सामान ल्याउँदा छिटो तथा मूल्यमा समेत सस्तो हुनेछ ।

अहिले यो भन्सार सञ्चालन नहुँदा जिल्लामा आयात तथा निर्यात कृष्णनगर भन्सार र रुपैडिया भन्सारबाट गर्नुपर्ने बाध्यता छ । कृष्णनगर भन्सार र रुपैडिया भन्सारबाट सामान आयत निर्यात गर्दा लामो दूरी भएकाले ढुवानी गर्दा रकम धेरै लाग्ने गरेको व्यवसायीहरु बताउँछन् ।

कोइलावास भन्सार सञ्चालनमा आएपछि जिल्लाको आर्थिक क्षेत्रको विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने छ । आर्थिक विकाससँगै अन्य विकासमा पनि सहयोग पुग्ने जिल्लावासीको अपेक्षा छ ।