२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

बर्दियाका ६४ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

सांकेतिक तस्वीर ।

बाँकेमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत कोरोना संक्रमित ६४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

बर्दिया ठाकुरबाबा नगरपालिका निवासी कोरोना पोजेटिभ ती पुरुषको स्वास्थ्य अवस्थामा समस्या आएपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा ल्याईएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार उनको मंगलबार बेलुका मृत्यु भएको हो ।

यो सँगै कोरोना कारण उपचारकालागि बाँके आएर ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।