२०७८ मङ्सिर १५ गते बुधवार
२०७८ मङ्सिर १५ गते बुधवार

दाङका एक युवाले गरे MCC खारेजी अभियान ‘झण्डा यात्रा’

दाङका एक युवाले MCC खारेजी अभियान ‘झण्डा यात्रा’ सुरु गरेका छन् । MCC खारेजीको माग गर्दै विभिन्न कार्यक्रम गर्दै आएका दाङ बबई गाउँपालिका वडा नं. ७ ढोलपुरका युवा सामाजिक अभियान्ता भक्त डाँगीले MCC खारेजी ‘झण्डा यात्रा’ अभियान सुरु गरेका हुन ।

MCC खारेजी अभियान ‘झण्डा यात्रा’ पश्चिमदाङको बगरपुरबाट सुरु गरेका छन् । सर्वक्षिय स्वतन्त्र युवा संगठन दाङका संयोजक डाँगीले बगरपुरबाट MCC खारेजी अभियान ‘झण्डा यात्रा’ घोराही पुगेर सम्पन्न गर्ने बताए । आज बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेललाई MCC खारेजी माग सहितको ज्ञापन पत्र बुझाएका छन् ।

यस्तै आज दंगिशरण गाउँपालिका पनि MCC खारेजी माग सहितको ज्ञापन पत्र बुझाउने डाँगीले बताए ।
MCC पास हुँदा कालान्तरमा नेपालमा अस्थिरता, अशान्ति र राजनितिक संकट रहि रहने हुँदा यसलाई खारेजी  माग सहित दाङका विभिन्न गाउँपालिका तथा उपमहानगरपालिकामा ज्ञापन पत्र र MCC खारेजी अभियान झण्डा ‘झण्डा यात्रा’ गरेको उनले बताए ।