२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

पाल्पामा पहिरोमा परी गर्भवतीसहित ६ जना बेपत्ता

फाइल तस्वीर ।

पाल्पाको रम्भा गाउँपालिकामा पहिरोले तीनवटा घर पुर्दा ६ जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा पहिरोले घर पुर्दा सुतिरहेका पाँचजना बेपत्ता भएका हुन् ।

हुमबहादुर गाहा र मनबहादुर गाहाको घरमा सुतिरहेका पाँचजना सम्पर्कबिहीन छन्। अरु तीनजनाले भने भागेर ज्यान जोगाएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष कुमार भट्टराईले पहिरोले घर पुरेर पाँचजना बेपत्ता भएको जनाए।

यस्तै फोक्सिङ्कोटकै सुरुमडाँडामा एकजना गर्भवती महिला पहिरोमा बेपत्ता भएकी छन्। पहिरोले घर पुर्दा उनी बेपत्ता भएकी हुन् । उनका श्रीमानले भने भागेर ज्यान जोगाएका छन्। निरन्तर पानी परिरहेकाले उद्धारमा समस्या भएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।