२०७८ कार्तिक ३० गते मङ्गलवार
२०७८ कार्तिक ३० गते मङ्गलवार

दंगिशरणको कोभिड १९ कार्यक्रममा ७६.०९ प्रतिशत खर्च

दंगीशरणमा कोभिड १९ कार्यक्रमका लागि छुट्याइएको रकम मध्ये ७६.०९ प्रतिशत रकम खर्च भएको छ ।

विभिन्न शिर्षकबाट कोभिड १९ का लागि छुट्याइएको ५१ लाख ३ हजार ५ सय ६१ रुपैया मध्ये ३८ लाख ८३ हजार २ सय १५ रुपैया खर्च भएको गाउँपालिकाले जनाएको छ । यस्तै २३.९१ प्रतिशत बचत रहेको जनाएको छ ।

यस्तै दंगीशरण गाउँपालिकाले कोभिड १९ कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउनका लागि नागरीक सुरक्षा तथा सचेतना कार्यक्रमलाई अगाडि बढाएको छ । कोभिड १९ को संक्रमण देश तथा विदेशमा फैलन लागेसंगै पालिकाले सर्तकता अपनाउँदै पहिलो कार्यक्रम सरकारले घोषणा गरे अनुशार लकडाउन गर्ने कार्यलाई प्राथमिक्तामा राख्दै लकडाउन गरेको थियो । चैत्र १० गतेबाट सेवा दिन रोक लगाउदै आवश्यक पूर्व तयारी र ब्यवस्थापनका लागि सचेतना प्रदान गर्ने, स्वास्थ्यकर्मीहरुका लागि आवश्यक शुरक्षा सामग्री उपलब्ध गराउने र गाउँपालिका भित्र माईकिग मार्फत कोभिड १९ बाट बच्न प्रचारप्रसार गर्ने लगाएतका कार्यलाई अगाडि बढाएको थियो ।

यस्तै लकडाउनको समयमा अती विपन्न नागरीकहरुको समस्यालाई मध्यनजर गर्दै वडा स्तरबाट राहत बाँड्ने कार्यलाई अगाडि बढाएको थियो । पालीकाले दुई चरणमा राहत बाडेको थियो । पालिकाले पहिलो चरणमा ७ वटै वडामा अती विपन्न २५ घरधुरीलाई पुग्ने गरि ५ क्विन्टल चामल, २५ केजी नुन, २५ केजी दाल, २५ पोका तेल गरि जम्मा ३५ क्विन्टल चामल, १ सय ७५ के।जी। दाल, १ सय ७५ केजी नुन, १ सय ७५ लिटर तेल उपलब्ध गराएको दंगीशरण गाउँपालिकाका अध्यक्ष्य भागिराम चौधरीले जानकारी दिए । यस्तै दोस्रो चरणमा १,२,३ मा अति विपन्न घरपरिवारको संख्या धेरै भएकाले ७५ घरपरिवार र ४,५,६ र ७ मा ५० घरपरिवारलाई राहत वितरण गर्ने निर्ण अनुसार राहत वितरण गरेको थियो ।

लकडाउनको समयमा नागरीकहरु घर फर्किन थालेपछि पालिकाले शुरुमा विरेन्द्र मावि।हेकुलीमा ५ बेडको क्वारेन्टाइन स्थापना गरेको हो । क्वारेन्टाईन स्थापना भएसगैं बाहिर जिल्लाबाट आउने नागरीकहरुको संख्या पनि बढ्न थाल्यो । जनप्रतिनिधिहरु अलपत्र परेका नागरीकहरुलाई ल्याउँदै क्वारेन्टाईनमा राख्ने कार्यलाई अगाडि बढाए । विशेष शुरक्षा र सर्तकता पूर्वक क्वारेन्टाईन निर्माणसंगै क्वारेन्टाईमा राख्ने ब्यवस्थापन गरेको थियो । बाहिरबाट आउने नागरीकहरुको संख्या बढदै गएपछि पालिकाले २ वटा सामुदायीक बिधालयमा २५–२५ बेडको क्वारेनटाईन निर्माण गरिएको थियो । बाहिरबाट आउने नागरीकहरुलाई क्वारेनटाईनमा राख्दै स्वाव पठाउने कार्यलाई तिव्रता दिदै लगेपछि असार ३ गतेसम्म आईपुग्दा दंगीशरणमा कोरोना संक्रमित शुन्य रहेको स्वास्थ्य शाखा प्रमुख दशरथ गिरीले जानकारी दिए ।

असार १५ गतेको पीसीआर रीपोर्टमा २ जनामा कोरोना पोजेटिभ देखिएपछि गाउँपालिकाले थप सर्तकताका साथ चेकजाँचलाई तिव्रता दिनुको साथै बाहिरबाट आउने नागरीकहरुलाई पूर्ण ब्यवस्थापनका साथ पालिकामा भित्राउने कार्यलाई कडाई गर्नमा लागेको थियो । यस्तै साउन ४ गते सम्मको कारोना परिक्षण पछि दंगीशरणमा कोरोना संक्रमितको सख्ंया ५ पुगेको थियो । यस पछि कोरोना परिक्षण दरलाई बढाएको थियो भने स्वास्थ्यकर्मीहरु कोभिडलाई न्यूनिकरण गर्नका लागि लागिपरेका थिए । यस्तै २४ घण्टा एम्बुलेन्सको ब्यवस्थापन गरिएको थियो ।

दंगीशरणमा पछिल्लो तथ्यांक अनुशार दुई क्वारेन्टाईनमा ६५ – ६५ बेडको १ सय ३० वटा बेड रहेको थियो । ४७ जना महिला र २ सय ८६ पुरुष गरि ३ सय ३३ जना भर्ना भएका थिए । त्यसमध्ये ६५ जना विदेशबाट आएका थिए । २ सय १५ जना भार बाट र ५३ जना अन्य जिल्लाबाट आएको कोभिड फोकल पर्सन बालकृष्ण भण्डारीले जानकारी दिए ।

सांसद केसी द्वारा सहयोग :
यसैबिच प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले दंगीशरण गाउँपालिकाको कोरोना कोषमा ११ लाख ४६ हजार ६१ रुपैँया सहयोग गरेका थिए । कोभिडको समयमा नागरीकहरुलाई कुनै पनि समस्या आउन सक्ने भन्दै सो रकम सहयोग गरेका थिए । यस्तै सांसद केसीले स्वास्थ्यकर्मीहरुका लागि आकस्मिक स्वास्थ्य सामग्री समेत सहयोग गरेका थिए । पिपिई, ग्लोब्स, थर्मोमिटर लगाएतका सामग्री सहयोग गरेका हुन् ।

विभीन्न संघसंस्थाद्धारा स्वास्थ्य र खाध्य सामग्री सहयोग :
दंगीशरण गाउँपालिकालाई कोभिड १९ को समयमा कुनै पनि आर्थीक संकट नहोस् भन्दै विभीन्न संघसस्ंथाले सहयोग कार्यलाई जारी राखेका थिए । कोभिडको समयमा विभीन्न स्वास्थ्य सामग्री सहयोग स्वरुप उपलब्ध गराएका थिए ।

सहयोग गर्नेमा नेपाल रेडक्रस सोसाईटि दाङद्धारा आकस्मिक स्वास्थ्य सामग्री, महिला सामुदायीक लघुबित्त वित्तिय संस्थाद्धारा खाध्यान्न, राप्ती लाईफ केयरद्धारा खाध्यान्न, नेपाल राष्ट्रिय शिक्षक संगठन युवा संघ नेपाल, यूवा प्रोसपेरिटि तुलसीपुर, समाजमा वातावरणिय शिक्षाको विकाश सिड संस्था तुलसीपुर, दाङ निर्माण ब्यवसायी संघ, सहकर्मी समाज सुर्खेतद्धारा खाध्य सामग्री, अमेरीकि नियोग यूसएआईडिको साझेदारी संघियता सहयोग कार्यक्रम मार्फत स्वास्थ्य सामग्री, रोटरी क्लव अफ तुलसीपुर सिटीद्धारा स्वास्थ्य सामग्री सहयोग पाएको प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेलले जानकारी दिए ।

सिसाद्वारा कोभिड १९ का बारेमा छलफल :
दंगीशरण गाउँपालिकामा कोभिड १९ को कार्यक्रम कत्तीको प्रभावकारी भयो भन्ने बिषयमा सिसा नेपालले बुधवार अन्र्तक्रियात्मक छलफल गरेको छ । छलफलका क्रममा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरणमा थेग्न नसक्ने गरि कोभिड १९ नभित्रीएको बताए । देश विदेशमा महामारीको रुपमा फैलीएको कोरोनालाई रोकथाम गर्नका लागि गाउँपालीकाले समय र परिस्थती अनुसारको कार्यक्रम संचालन गरेको भन्दै सहयोगी संघसंस्थासँगै हातेमालो गर्दै अगाडि बढेको बताए ।

यस्तै उपाध्यक्ष पिमा कुमारी खड्काले पहिलो चरणबाट सतर्कता अपनाउँदै कार्य गरेकाले दंगीशरणका नागरीकहरु कोरोना संक्रमण हुनबाट जोगीएको बताईन् । यस्तै प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेलले बाहिरबाट आउने नागरीकहरुलाई गाउँ अथवा घरमा जान नदिई सिधै क्वारेन्टाईमा ब्यवस्थापन गरेकाले कोभिड १९ बाट आजसम्म बच्न सफल भएको बताए । साथै क्वारेन्टाईनमा बस्ने नागरीकहरुलाई खाने बस्ने ब्यवस्थापनमा समेत गाउँपालिकाले ध्यान दिएको बताए ।

प्रवक्ता विर बहादुर वलीले जनप्रतिनिधि विभीन्न संघसंस्था, स्वास्थ्यकर्मी सबैको सक्रियतामा कोभिड बारे प्रचारप्रसार सगै नागरीकहरुलाई एकद्धार प्रणालि मार्फत राहत वितरण कार्य गरेकाले खासै चुनौती नथपिएको बताए । छलफलमा प्रशासन शाखा प्रमुख यादव डांगी, स्वास्थ्य शाखा प्रमुख दशरथ गिरी, विपद ब्यवस्थापन समिती संयोजक बालकृष्ण भण्डारी, कार्यपालिका सदस्य दिल कुमारी बिक, आङ्ने चौधरी, ईलाका प्रहरी कार्यालय हेकुलीका प्रहरी नायव निरीक्षक कमल थापा, जेष्ठ नागरीक टिका डांगी, आमा समुहको सहभागिता रहेको थियो ।

सिसा नेपाल द्धारा यूएसएआईडि।साझेदारी संघियता सहयोग कार्यक्रमको सहयोगमा कोभिड १९ को बारेमा आम जनसमुदायका लागि जनचेतनामूलक प्रतिकार्य सम्बन्धि छलफल भएको हो । सिसा नेपालका अध्यक्ष साजिदा सिद्धिकीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष भागिराम चौधरीको प्रमुख आतीथ्यतामा छलफल सम्पन्न भएको हो । नागरीक संलग्नता संयोजक साझेदारीका यादव चौधरीले अन्र्तक्रियात्मक छलफल कार्यक्रमको समापन गरेका थिए ।

यसैबिच सिसा नेपालका अध्यक्ष साजिदा सिद्धकिीले ईलाका प्रहरी कार्यालय हेकुलीलाई सहयोग स्वरुप सेनिटाईजर हस्ताणतरण गरेकि छिन् । अध्यक्ष सिद्धिकीले प्रहरी नागरीकहरुकै सेवामा खटिने भएकाले कोभिडको समयमा सेनिटाईजर उपलब्ध गराएको बताईन् । ईलाका प्रहरी कार्यालय हेकुलीका प्रहरी नायव निरीक्षक कमल थापालाई सो सहयोग स्वरुप सेनिटाईजर हस्तारणतरण गरेकी हुन् ।