२०७८ मङ्सिर २ गते बिहिवार
२०७८ मङ्सिर २ गते बिहिवार

सल्यानका पत्रकार सवार गाडी दाङमा दुर्घटना

सल्यानका पत्रकार सवार गाडी दाङमा दुर्घटना परेको छ । सल्यानका पत्रकार सवार बा २ च ९५१३ नम्बरको स्कार्पियो लमही नगरपालिका वडा नं. ६ स्थित अर्जुनखोला देखि दुई किलोमिटर नजिक रहेको सीता भरार भन्ने स्थानमा आज बिहान दुर्घटनामा परेको हो ।

गाडी सडक बाट झण्डै ५० मिटर तल खस्दा सल्यानको रेडियो मध्यपहाड एफएमका स्टेसन म्यानेजर बागचौर नगरपालिका वडा नं. २ निवासी बीरेन्द्र डिसी, सोही रेडियोमा कार्यरत बागचौर नगरपालिका का तुलाराम परियार, लेकाली अनलाइनमा कार्यरत खगेन्द्र केसी, खगेन्द्रकी १५ वर्षिया बहिनी नोखी केसी,तुलसिपुर उपमहानगरपालिका वडा नं. ५ निवासी प्रकाश ओली, सल्यान छत्रेश्वरी गाउँपालिका वडा नं. ३ निवासी चालक चालक सन्तोष बुढाथोकी घाईते भएका छन् ।

घाईतेहरुमध्ये दुईजनाको लमही स्थित फ्लोरेन्स अस्पताल र चार जनाको लमही अस्पतालमा उपचार भइरहेको छ ।