२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

कर्णालीको स्वास्थ्य सेवा महाशाखा सिल

सांकेतिक तस्वीर ।

कर्मचारीमा कोरोना भाइरस (कोभिड – १९) को संक्रमण पुष्टि भएपछि कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा सिल गरिएको छ ।

कर्णाली प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा बुधबार महाशाखाका एक कर्मचारीमा संक्रमण पुष्टि भएपछि तीन दिनका लागि महाशाखा सिल गरिएको हो ।

‘महाशाखाका एक कर्मचारीमा संक्रमण पुष्टि भएको छ,’ मन्त्रालयका सचिव लोकनाथ पौड्यालले भने, ‘अन्य कर्मचारीको कन्ट्याक्ट टे्रसिङ र पीसीआर रिर्पोट नआउँदासम्मका लाग महाशाखा सिल गरेका छौ ।’

सचिव पौड्यालका अनुसार असोज ८, ९ र १० गते तीन दिनका लागि स्वास्थ्य सेवा महाशाखा सिल गरिएको छ ।