२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

तुलसीपुरमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जना घाईते

दाङको तुलसीपुरमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जना घाईते भएका छन् । वीपी चोकबाट बसपार्क जाँदै गरेको रा३प ९४९४ नम्बरको स्कुटीलाई विपरित दिशाबाट आउँदै गरेको लु ६२ प ८६१ नम्बरको मोटरसाईकलले ठक्कर दिदा स्कुटी चालक तुलसीपुर–७ श्रीगैं निबासी २६ बर्षका विष्णु रिजाल र पछाडी सवार २४ बर्षका निश्चल डाँगी घाईते भएका हुन् ।

घाईते दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

त्यसैगरी तुलसीपुर–९ दोघरेको सगरमाथा बोर्डिङ नजिकै भएको सवारी दुर्घटनामा एक जना घाईते भएका छन् ।

रा५प ८५३५ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट आउँदै गरेको रा१ज ४६१ लम्बरको जीपले ठक्कर दिदा शान्तिनगर गाउँपालिका–७ खैरेनी निबासी १९ बर्षका सन्तोष विक रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाईते विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।