२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

कांग्रेसका महामन्त्री कोइराला कोरोनामुक्त

नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइराला कोरोना भाइरस मुक्त भएका छन्।  उनले आज सामाजिक सञ्जालमार्फत आफू कोभिड–१९ मुक्त भएको जानकारी दिएका हुन्। उनको स्वाब परीक्षणका क्रममा आज नेगेटिभ देखिएको हो।

गत शनिबार चाबहिलस्थित ओम अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका महामन्त्री डा कोइराला चिकित्सकको सल्लाहअनुसार होम आइसोलेसनमा रहेका थिए। उनले अझै केही दिन होम आइसोलेसनमा बस्ने र चाँडै पार्टीको नियमित काममा फर्कने जानकारी दिए।

कोभिड–१९ को सङ्क्रमण देखिएपछि केही दिन होम आइसोलेसनमा बसेका उनी ज्वरो र निमोनियाका कारण अस्पतालमा भर्ना भएका थिए। स्वास्थ्यमा सुधार आएपछि उनी अस्पतालबाट डिस्चार्ज भएर होम आइसोलेसनमा बसेका थिए।