२०७७ कार्तिक १२ गते बुधवार
२०७७ कार्तिक १२ गते बुधवार

बबईमा विद्यालय अनुगमन सुरु

बबई गाउँपालिकाले बिद्यालय सञ्चालनका लागि  विभिन्न विद्यालयमा अनुगमन सुरु गरेको छ । आगामी असोज ११ गतेदेखि बिद्यालय सञ्चालनको तयारी गरेको गाउँपालिकाले आजदेखि अनुगमन सुरु गरेको हो ।

बिद्यालयको अबस्थाका बारेमा गाउँपालिकाको टोलीले अनुगमन गरेको हो । गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेल, प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार मल्ल, शिक्षा शाखा प्रमुख मोहनलाल दाहालको सहभागीतामा बिद्यालयको अनुगमन गरिएको हो ।

पहिलो चरणमा जनकल्याण माबि पदमपुर, भानुभक्त माबि कौशिलापुर, सरस्वती माबि चरकमटिया, सुधा शाह आधारभुत बिद्यालय छाउनीडाँडामा गएर अनुगमन गरिएको छ । बिद्यालय सञ्चालन गर्दा पर्ने समस्या र यसलाई समाधान गर्ने गरी गाउँपालिकाको टोलीले अनुगमन गरेको हो ।