२०७७ कार्तिक १२ गते बुधवार
२०७७ कार्तिक १२ गते बुधवार

तुलसीपुरमा तरुण कप फुटसल प्रतियोगिता हुने

दाङको तुलसीपुरमा तरुण कप फुटसल प्रतियोगिता २०७७ हुने भएको छ । तरुणदल तुलसीपुर उपमहानगरपालिका वडा नं ५ को आयोजनामा संचालन हुन लागेको फुटसल प्रतियोगिता यहि असोज १५ गतेदेखि सुरु हुुने भएको छ ।

स्थानियस्तरमा फुटसल खेलको पहुँच अभिवृद्धि गर्ने र आपसी भाईचारा कायम गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा ६ टिमको सहभागिता रहनेछ ।

नेपाल तरुणदलको वार्षिक कार्यक्रम अनुसार आयोजना गरिएको प्रतियोगिताका खेलहरु विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै तुलसीपुर उपमहानगरपालिका नं. ६ मा रहेको द लेजेन्ड फुटसल ग्राउन्डमा खेलाईने आयोजक तरुणदल तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष सुनिलबाबु डाँगीले जानकारी दिए ।