२०७७ कार्तिक १२ गते बुधवार
२०७७ कार्तिक १२ गते बुधवार

भोलीदेखी बर्दियाको बारबर्दिया नगरपालिका सिल

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बर्दियाको बारबर्दिया नगरपालिका शिल गरीने भएको छ । असोज ९ गतेदेखी लागु हुने गरी पाँचदिनकालागि नगरपालिका अन्तर्गतका सबै कार्यालयहरु सिल गर्न लागिएको हो ।

बिहिबार एकै दिन नगरभित्रका ११ जनामा कोरोना पुष्टि भएपछि नगरक्षेत्र नै सिल गर्न लागिएको हो । पहिलो चरणमा नगरपालिका अन्तर्गत ११ वटै वडा कार्यालय तथा ब्यापार ब्यवसाय सिल गर्ने र त्यसपछि अवस्था अनुसार थप निर्णय गरीने बारबर्दिया नगरपालिकाका मेयर दुर्गा चौधरीले जानकारी दिए ।

नगरप्रमुख कबिरका अनुसार पाँच दिनसम्म नगरभित्रका सम्पूर्ण पसल, कलकारखाना, उद्योग, यातायात बन्द रहने छन । यसबिचमा कोरोना नियन्त्रणका लागि विशेष योजना बनाएर अघि बढ्ने मेयर कबिरले जानकारी दिए ।