२०७७ कार्तिक १२ गते बुधवार
२०७७ कार्तिक १२ गते बुधवार

कोरोनाबाट दाङका १ सहित थप १७ जनाको मृत्यु

सांकेतिक तस्वीर ।

दाङका एक जनासहित नेपालमा विहिवार  एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ५३ पुगेको छ।

१२ वटा जिल्लाका ५ महिला र १२ पुरुष गरी १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कोरोना भाइरसबाट मृत्यु हुनेमा दाङ तुलसीपुर उपमहानगरपालिका–१० गौरीगाउँ निवासी ३९ बर्षीय एक जना पुरुष रहेका छन् । काठमाडौमा रहेको ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

बोनम्यारो रोगबाट पीडित उनी उपचारका क्रममा काठमाडौ गएको संक्रमित भएका थिए । उपचारका लागि भदौको ४ गते काठमाडौ गएका उनमा भदौको ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।