२०७८ मङ्सिर १६ गते बिहिवार
२०७८ मङ्सिर १६ गते बिहिवार

सांसद केसीले गरे प्रकोप पिडित चौधरीलाई सहयोग

प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले तुलसीपुर उपमहानगरपालिका–१० गौरीगाउँका प्रकोप पीडित गणेश चौधरीलाई राहत रकम हस्तान्तरण गरेका छन् ।

लगातारको वर्षाले भदौ ३१ गते घर भत्किएर क्षति पुगेपछि दाङ क्षेत्र नं. ३ का सांसद केसीले शुक्रवार घरमै पुगेर चौधरीलाई राहत स्वरुप ११ हजार एकसय ५० रुपैया हस्तान्तरण गर्नुभएको हो।

केसीले घर छाउनका लागि जस्तापाताको समेत सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । पीडित चौधरीले सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै थप सहयोगका लागि सवैलाई अपील गर्नुभयो ।

राहत हस्तान्तरण कार्यक्रममा नेकपा दाङका जिल्ला कमिटी सदस्य अमित शर्मा , नेकपाका नेता टोपबहादुर बुढाथोकीलगायतको उपस्थिति थियो ।