२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

नाल सहितको शिशुको शव खोलामा भेटियो

सुर्खेतको वीरेन्द्रनगरस्थित खोर्के खोलामा नाल सहितको शिशुको शव भेटिएको छ । जन्मिने वित्तिकै फालिएको जस्तो देखिने उक्त शिशुको शव वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ र ६ को विचमा रहेको रातो पुलदेखि झण्डै तीनसय मिटर तल भेटिएको हो ।

प्लाष्टिकको पोका भित्र शिशुको शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । भेटिएको शिशु बालक रहेको प्रहरीले जनाएको छ ।

बच्चा कस्ले फालेको हो भन्नेबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । प्रहरीले मुचुल्का उठाएर शिशुको शवलाई पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पताल पठाइएको छ ।