२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

चुनाव गर्न उद्योग वाणिज्य महासंघलाई गृहको अनुमति

गृह मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघको चुनावी साधारणसभा गर्न अनुमति दिएको छ। कोभिड – १९ सँग सम्बन्धित स्वास्थ्य मापदण्ड पालना गर्ने गरी साधारणसभा र चुनाव गर्न अनुमति दिइएको गृहका प्रवक्ता चक्रबहादुर बुढाले आयोमेललाई बताए।

महासंघले पछिल्लो पटक मंसिर ११ र १२ गते चुनावी साधारण सभा गर्ने निर्णय गरेको थियो। महासंघको कार्यदलले भर्चुअल माध्यमबाट साधारणसभा गर्न सुझाव दिएको थियो।

गृहले पनि यो सुझावलाई सदर गरेको हो। तर, मतदान गर्दा एकपटकमा २५ जनाभन्दा बढी जम्मा हुन पाइने छैन।

गत चैतमा तय भएको चुनावी साधारणसभा साउनका लागि सारिएको थियो।

तर, कोभिड—१९ का कारण अनिश्चित बनेकामा अहिले आएर चुनावी साधारणसभाका लागि बाटो खुलेको हो।