२०७९ असोज १८ गते मङ्गलवार
२०७९ असोज १८ गते मङ्गलवार

तुलसीपुरमा रहेको ग्लोबल आईएमई बैंकका ८ कर्मचारीमा कोरोना

तुलसीपुरमा शुक्रवार १४ जना कोरोना संक्रमित थपिएका छन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परिक्षणमा १३ पुरुष र १ महिला गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिएका छन् ।

उनका अनुसार ती सवै संक्रमितहरुले प्रतिष्ठानको क्लिनिक फिवरमा गएर कोरोना परिक्षण गराएका हुन् । शंकास्पद लक्षण देखिए पछि प्रतिष्ठानको फिबर क्लिनिकबाट उनीहरुको संकलन गरिएको फोकल पर्सन केसीले जानकारी दिएका छन् ।

संक्रमित हुनेमा तुलसीपुर वडा नम्वर ५ का २५,२८,२९,३४,४२ वर्षका पाँच जना पुरुष, वडा नम्वर ६ का ४३ बर्षका एक पुरुष, वडा नमवर ८ का ३३ र ३८ वर्षका दुई पुरुष, वडा नम्वर ९ का २० र २२ वर्षका दुई पुरुष, वडा नम्वर १२ का ३२,४३ वर्षका दुई पुरुष र ३० बर्षिया एक महिला र वडा नम्वर १९ का २८ का एक पुरुष रहेका छन् ।

संक्रमित मध्ये ८ जना तुलसीपुरमा रहेको ग्लोबल आईएमई बैंकका कर्मचारी रहेको फोकल पर्सन केसीले जानकारी दिएका छन । अन्य संक्रमित कन्ट्याक्ट ट्रेसिङका रहेका छन् ।

योसंगै तुलसीपुरमा कोरोना संक्रमित संख्या २२२ जना पुगेको छ । जसमा सक्रिय संंक्रमित संख्या ५५ पुगेको छ ।