२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

पाल्पा पहिरोमा बेपत्ता चार जनाको शव फेला

फाइल तस्वीर ।

तानसेन पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोमा परी बेपत्ता भएका ६ जना मध्ये ४ जनाको शव भेटिएको छ। विहिबार एक जना र शुक्रबार विहान तीन जना गरी चार जनाको शव भेटिएको हो।

फोक्सिङ्कोट सुरुमडाँडामा विरबहादुर गाहाको पहिरोले घर पुरिदा बेपत्ता २७ वर्षीया मोतिसरा गाहाको बिहीबार नै शव भेटिएको हो, हुमबहादुर गाँहाको घर पहिरोले पुर्दा वेपत्ता भएका पाँच जना मध्ये तीन जनाको शव शुक्रवार भेटिएको हो।

पुरिएर मृत अवफोक्सिङकोट बेलौजाका १७ वर्षीया कृष्णामाया गाहा (छोरी), १४ वर्षीया खुमीसरा आले (नातिनी) र ८ वर्षीया लक्ष्मी गाहा (नातिनी) को शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मदन गिरीले बताए।

निरन्तरको अविल वर्षाले विहिबार पहिरोले फोक्सिङकोट सुरुमडाँडामा एक र बेलौजाका तिन घर पुरिएका थिए। अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले घर पुरिदा ६ जना बेपत्ता भएका थिए।