२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

तुलसीपुरमा पार्किङ र फुटपाथ व्यवस्थित गर्न प्रहरी सक्रिय

तुलसीपुरमा अव्यस्थित पार्किङ तथा फुटपाथ व्यवस्थापन गर्न प्रहरी सक्रिय बनेको छ ।

अव्यवस्थित पार्किङ तथा फुटपाथले गर्दा सवारी दुर्घटना बढ्ने भन्दै यसलाई व्यवस्थित गर्न लागेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिहंले बताए । सबै क्षेत्रमा पुगेर सचेतना फैलाउने र माईकिङ गर्नेकाम गरिएको उनले बताए । चाडपर्ब नजिकिदै गर्दा बजारलाई सुरक्षित गर्न बिभिन्न सुरक्षा योजना लागु गर्ने उनको भनाई छ ।

बजारका बिभिन्न स्थानहरुमा केहिदिनमै सिसि क्यामराहरु जडान हुँदैछन अत्यधिक भिडभाड हुने स्थानहरुमा प्रहरीहरु परिचालन गरिएको छ । बजार क्षेत्रको सुन्दरता र दुर्घटना न्युनीकरण गर्न समेत अब्यबस्थित तरिकाले जथाभावी पार्किङ गर्ने सवारि साधनहरु ब्यबस्थित गर्न लागिएको हो ।

तुलसीपुरको सुरक्षा प्रमुखको जिम्मेवारी सम्हाल्दा बिभिन्न योजनाहरु सार्बजनिक गरेका डिएसपी सिंहले कोभिड १९ का कारण सुरु भएको लकडाउनको अबधिभरमा समेत आफुले सार्बजनिक गरेका कार्यक्रमहरु निरन्तर सन्चालन गर्दै आएका छन् ।