२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

एमसीसी खारेजी अभियान ‘झण्डा यात्रा’ सकियो

एमसीसी खारेजी अभियान ‘झण्डा यात्रा’ दाङका विभिन्न स्थानिय तहमा ज्ञापन बुझाएर सकिएको छ । सर्वपक्षिय स्वतन्त्र युवा संगठन दाङले एमसीसी खारेजी अभियान ‘झण्डा यात्रा’ दाङका बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका, दंगिशरण गाउँपालिका, तुलसीपुर उपमहानगरपालिका तथा घोराही उपमहानगरपालिका लगायतका स्थानिय तहमा एमसीसी सम्झौता नेपाली जनताको हितमा नभएको भन्दै खारेजीको माग सहितको ज्ञापन पत्र बुझाउदै सकिएको हो ।

संगठनका दाङका संयोजक भक्त डाँगीले स्थानिय तह मार्फत संसदसम्म एमसीसी खारेज मागको आवज पुगोस भन्ने उद्येश्यले ज्ञापन पत्र बुझाइएको बताए । ज्ञापन पत्र बुझ्दै दाङका स्थानिय तहका प्रमुख तथा उपप्रमुखले सकारात्मक प्रक्रिया दिएको र सम्वन्धित निकाय सम्म एमसीसी खारेजीको माग पुराउने प्रतिवद्धता दिएको डाँगीले बताए ।

पश्चिमदाङ बबईको बगरपुरबाट सुरु गरिएको एमसीसी खारेजी अभियान ‘झण्डा यात्रा’ विभिन्न टोल, वडा हुदै घोराहीमा गएर सकिएको हो । सर्वपक्षिय स्वतन्त्र युवा संगठन दाङले एमसीसी पास हुँदा कालान्तरमा नेपालमा अस्थिरता, अशान्ति र राजनितिक संकट रहिरहने हुँदा यसलाई खारेजी माग गर्दै आएको छ ।