२०७८ मङ्सिर २२ गते बुधवार
२०७८ मङ्सिर २२ गते बुधवार

शान्तिनगरमा तरुण कप फुटबल प्रतियोगिता हुने

शान्तिनगरमा तरुण कप फुटबल प्रतियोगिता हुने भएको छ । शान्तिनगर गाउँपालि वडा नं. २ तरुण दलको आयोजनामा आगामी कार्तिक १ गतेदेखि तरुण कप फुटबल प्रतियोगिता हुने भएको हो ।

स्थानिय स्तरमा खेलमा युवाहरुको पहुँच अभिबृद्धि गर्ने र भाईचारा कायम गर्ने उद्येश्यले विजया दशमीको अवसरमा तरुण कप फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेको तरुण दल शान्तिनगर २ का अध्यक्ष विमल खड्काले बताए ।

नेपाल तरुणदलको वार्षिक कार्यक्रम अनुसार आयोजना गरिएको प्रतियोगिताका खेलहरु विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउँदै जनकल्यान मावि सिमसुन्दरपुरको खेल मैदानमा खेल सञ्चालन हुने अध्यक्ष खड्काले बताए । सो तरुण कप फुटबल प्रतियोगितामा १६ टिमलाई समावेश गराइने छ । टिम दर्ताको अन्तिम मिति यहि असोज २५ गते सम्म रहेको छ भने टिम दर्ता शुल्क ४ हजार रहेको छ ।

टिम दर्ताका लागि ९८१०८४४३२० मा सम्पर्क अध्यक्ष खड्काले क्लव तथा समूहलाई आग्रह गरेका छन् ।तरुण कप फुटबल प्रतियोगितामा  शान्तिनगर, बबई र दंगिशरण गाउँपालिका भित्रका खेलाडिहरुलाई मात्र खेलमा सहभागि गराईने बताइएको छ । तरुण कप फुटबल प्रतियोगिता सफल पार्न तयारी र प्रचारप्रसारको कामलाई अगाडि बढाईएको छ ।