२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र वृक्षारोपण

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो दोस्रो बार्षिकोत्सबको अवसरमा प्रतिष्ठानको अस्पताल, प्रशासनिक, आइसोलेसन र अस्पतालको क्वाटर हाताभित्र वृक्षारोपण गरिएको छ ।

टिक, मसला, मालागेडी, चिउरी, बजरदन्ती, ज्याकराण्ड, रुद्राक्ष, नीम, अमला, एलाण्डालगायतका बिभिन्न जातका १ सय १० वटा बिरुवा रोपिएको हो ।

प्रतिष्ठानकी उपकुलपति प्राडा संगीता भण्डारी, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, दाङ जिल्ला उबासंघका अध्यक्ष तथा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान सरोकार समितिका संयोजक नारायण भुसाल, जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाही, प्रतिष्ठानका अस्पताल निर्देशक डा. सागर पन्थीलगायत अस्पतालका चिकित्सक, कर्मचारी बृक्षारोपणमा सहभागि हुनुभएको थियो ।