२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

मञ्चद्वारा सुरक्षाकर्मीलाई मास्क र सेनेटाइजर सहयोग

वीपी कोइराला युबा नेतृत्व बिकास मंच दाङले शनिवार घोराही उपमहानगरपालिकाभित्र रहेका प्रहरी बिटमा मास्क बितरण गरेको छ ।

मंञ्चका कार्यबाहक संयोजक बामदेब जिएमको संयोजनमा घोराहीका निमाहल चोक, दामोदरचोक, बसपार्क, रतनपुर चोक, भानुचोकलगायतका प्रहरी बिटमा २ हजार थान मास्क हस्तान्तरण गरिएको हो ।

दैनिक फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षाका लागि सहयोग पुगोस भनेर मास्क हस्तान्तरण गरिएको संयोजक जिएमले जानकारी दिएका छन । मास्कसँगै सेनिटाइजर पनि हस्तान्तरण गर्ने मंचले तयारी गरेको छ ।

मास्क बितरण कार्यक्रममा मंचका कोषाध्यक्ष भुवन केसी, सचिव दर्शना कार्की, सदस्य बिजय केसी ,सरोज केसीको सहभागी थिए । मास्क सुरक्षाकर्मीसँगै पहरीमार्फत सर्बसाधारणलाई पनि उपलब्ध गराउन आवश्यक समन्वय गरिदिने गरि वितरण गरेको मञ्चले जनाएको छ ।