२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

तिनाउ नदीको बाढीले बगाउँदा एक महिलाको मृत्यु

तिनाउ नदीमा आएको बाढीले बगाउँदा रुपन्देहीको बुटवलमा एक महिलाको ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतीतसिंह राठौरले दिएको जानकारीअनुसार शुक्रबार राति ९ बजे घरबाट हिँडेकी बुटवल उपमहानगरपालिका–१२ दुर्गानगरकी ४० वर्षीया विष्णु राईको शनिवार बिहान साढे सात बजे बुटवल १५, चंकीपुरमा दानव नदीमा शव फेला परेको हो ।