२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

बाँकेमा थप ५० जना कोरोना संक्रमित डिस्चार्ज

फाइल तस्वीर ।

बाँकेका विभिन्न आइसोलेसनबाट थप ५० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा भूमिसुधार तथा मालपोत कार्यालयका लेखा अधिकृतसहित १५ जना कर्मचारी, जिल्ला प्रहरी कार्यालयका एक जना जुनियर अधिकृतसहित २३ महिला र २७ पुरुष गरी ५० जना रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार १४ दिन आइसोलेसनमा बसेर उनीहरुलाई डिस्चार्ज गरिएको हो । उनीहरुलाई भदौ २७ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ४ सय ११ पुगेको छ ।

बाँकेमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ हजार ७ सय ७४ रहेको छ, भने १२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।