२०७८ मङ्सिर १९ गते आइतवार
२०७८ मङ्सिर १९ गते आइतवार

कोरोना संक्रमणबाट बबई क्याम्पस प्रमुखको मृत्यु

बबई बहुमुखी क्याम्पस बर्दियाका क्याम्पस प्रमुखको कोरोना भाईरस संक्रमणमका कारण ज्यान गएको छ ।

भेरी अस्पताल नेपालगन्जको कोभिड वार्डमा उपचारका लागी ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार शनिबार दिउँसो २ः२५ बजेतिर उनलाई उपचारकालागि भेरी अस्पताल ल्याउन लागिएको थियो । २ वर्ष अघिदेखी फोक्सोको क्यान्सरको उपचार गराइरहेका ५० वर्षिय ति पुरुषमा कोरोना संक्रमण देखीएपछि होम क्वारेन्टाईनमा बस्दै आएका थिए ।

शनिबार बिहान स्वासप्रश्वासमा समस्या देखीएपछि उनलाई बर्दियाबाट एम्बुलेन्समार्फत भेरी अस्पताल ल्याउन लागिएको थियो । सोही क्रममा उनको बाटोमै मृत्यु भएको बताइएको छ ।

यो सँगै बर्दिया जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।