२०७८ कार्तिक ३० गते मङ्गलवार
२०७८ कार्तिक ३० गते मङ्गलवार

शान्तिनगरमा एक वडा अध्यक्षसहित ९ जनामा कोरोना पुष्टि

शान्तिनगर गाउँपालिकाका एक वडा अध्यक्षसहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसंगै शान्तिनगर गाउँपालिकामा संक्रमित हुनेको संख्या ८४ पुगेको शान्तिनगर स्वास्थ्य शाखा संयोजक हरि पुनले जानकारी दिएका छन् ।

संक्रमित मध्ये गाउँपालिकामा १६ जना कर्मचारी रहेका छन् ।

शनिबार संक्रमित भएका कर्मचारी र वडा अध्यक्ष लाई स्वास्थ्य चौकी धनौरिमा र एक जना महिला कर्मचारीलाई होम आइसोलेसनमा राखिएको संयोजक पुनले जानकारी दिएका छन् ।

गाउँपालिकाको वडा नम्बर ४ मा सबैभन्दा बढी संक्रमित देखा परेको बताईएको छ । साथै वडा नम्बर १ मा हालसम्म कुनै पनि संक्रमित नभएको बताईएको छ।