२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

दाङका ४ स्थानीय तहमा विद्यालय संचालन

दंगिशरण ५ सलौरामा रहेको लक्ष्मीनारायण आधारभूत विद्यालयमा सुरु भएको पठनपाठन ।

कोरोना कहरबीच दाङका विद्यालय खुल्न थालेका छन्। जिल्लामा २०० जना कोरोना संक्रमित उपचारत छन्। तर पनि विद्यालय धमाधम सञ्चालनमा आउन थालेका छन् । विद्यालय संचालनमा आएसँगै कोरोना कहरका कारण ६ महिनादेखि ठप्प भएको शैक्षिक गतिविधि जुरमुराउन थालेको हो ।

जिल्लामा रहेका १० स्थानीय तहले आ–आफनो तरिकारले सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गरिरहेका छन् ।

जिल्लामा रहेका दशवटा स्थानीय तहमध्ये ४ वटा स्थानीय तहले आफू अन्तरगत विद्यालयमा पठनपाठन सुरु गरिसकेका छन् भने ६ वटा स्थानीय तह विद्यालय सञ्चालनको अन्तिम तयारीमा जुटेका छन् ।

सरकारले विद्यार्थी सिकाइ निर्देशिका २०७७ जारी गरेपछि विद्यालय सञ्चालनमा सहज भएको हो । सिकाइ निर्देशिकामा उल्लेख गरिएका मापदण्डमा रहेर पठनपाठन सञ्चालनको निर्देशन दिएसँगै विद्यालय सञ्चालन र यसको तयारीमा जुटेको पालिकाका शिक्षा प्रमुखहरुको भनाइ छ ।

पठनपाठन सञ्चालन गरिएका विद्यालयमा अनुगमन, सुझाव संकलनलगायतका गतिविधि समेत भइरहेका छन् । विद्यालय सञ्चालनको तयारीमा रहेका विद्यालयहरुले विद्यार्थी अभिलेखीकरण, भौतिक संरचना व्यवस्थापन, आवश्यक मापदण्ड निर्माण, कार्ययोजना पेश लगायतका पुर्व तयारीहरु गरिरहेका छन् ।

तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, दंगिशरण गाउँपालिका र बंगलाचुली गाउँपालिकाका विद्यालय सञ्चालनमा छन । कति विद्यालयहरु सिकाइ केन्द्रको रुपमा समेत सञ्चालन भइरहेका छन । अन्य पालिका विद्यालय सञ्चालनको तयारीमा जुटेका हुन ।

जिल्लामा ४ सय २० सामुदायिक विद्यालय रहेका छन ।

– साभार  :अन्नपूर्ण पोष्ट