२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

प्रचार प्रसारको अभावमा ओझेल पर्यटकिय स्थल ‘राता पैरा’

आज विश्व पर्यटन दिवस । नेपाल पर्यटकिय स्थलले भरिपुर्ण देश हो । दाङ जिल्लामा पनि पर्यटकिय स्थलको सम्भावना बोकेका स्थान धेरै ठाउँमा छन् । केही चर्चामा छन भने केही गुमनाम नै छन् । प्रचार प्रसारको अभावमा दाङमा धेरै पर्यटकिय स्थल ओझेलमा छन् ।

यस्तै एक हो पर्यटकिय स्थलको सम्भावना बोकेको तर प्रचार प्रसार र संरक्षणको अभावमा आझेलमा परेको पर्यटकिय स्थल ‘राता पैरा’ । यो ‘राता पैरा’ पश्चिमदाङको बबई गाउँपालिका वडा नं. ७ कालितरामा रहेको छ । पर्यटकिय स्थलको रुपमा सम्भावना बोकेको ‘राता पैरा’ प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ ।

कालितरा गाउँदेखि करिब डेढ घण्टा उकालो चढेर जङगलमा पर्यटकिय स्थलको रुपमा सम्भावना बोकेको ‘राता पैरा’ रहेको छ । रातो माटोको अग्लो ढिक्सो रहेको यसको उचाई अन्दाजी ४० मिटर जति रहेको स्थानियको भनाई छ । यसलाई हेर्दा आषकर्षक मनमोहक देखिन्छ जो कोहिको मन पनि लोभ्याउने गर्दछ ।

वरपरी पहिरो लडेको छ तर रातो माटोको अग्लो ढिक्सो ढलेको छैन् । बर्षौ देखि रातो माटोको अग्लो ढिक्सो यतिकै अडिएको स्थानियहरु बताउँछन् । चैत बैशाख महिना तिर पानी नपरेर खडेरी भएपछि स्थानियहरुले ‘राता पैरा’ मा पूजाआजा गर्ने गर्दछन् । ‘राता पैरा’ मा पूजाआजा गरेपछि पानी पर्ने जन विश्वास रहेको छ । यति मात्र होइन गाउँमा कोहि विरामी परे भने समेत पूजा गर्ने गर्दछन् । यहाँ पुजा गरेपछि विरामी निको हुन्छ भन्ने विश्वास समेत रहेको छ ।

पर्यटकिय स्थलको सम्भावना बोकेको यसको प्रचार प्रसार र संरक्षण तथा प्रबद्र्धनमा कसैले ध्यान दिएका छैन् । स्थानिय सरकार आएपनि यसको प्रचार प्रसार र संरक्षण तथा प्रबद्र्धनमा चासो दिएको पाइएको छैन् । यसलाई पर्यटकिय स्थलको रुपमा परिचित गर्न प्रचार प्रसार र संरक्षण तथा प्रबद्र्धनमा सवैले ध्यान दिनुपर्ने स्थानिय माधव खड्काले बताए । कालितरा गाउँदेखि ‘राता पैरा’ सम्म उकालो पैदल हिडेर जानुपर्ने समस्या भएकाले मोटरबाटो निर्माण गर्न आवश्यक रहेको खड्काले बताए ।

हिँड्न समस्या मानेर कतिपय मानिस सो स्थान सम्म नगएको उनको भनाई छ । ‘राता पैरा’ लाई पर्यटकिय स्थलको रुपमा विकास गर्न मोटरबाटो र अन्य गुरु योजना तयार पार्न आवश्यक देखिन्छ । यसको प्रचार प्रसार र संरक्षण तथा प्रबद्र्धनमा सवैले ध्यान दिए पश्चिदाङमा पर्यटक भित्र्याउन सकिने ठुलो सम्भावना रहेको छ ।