२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

बर्दियामा भोलिदेखि जोरबिजोर प्रणाली लागू

कोरोना भाइरसको सङ्क्रमण दर दिन प्रतिदिन बढेसँगै बर्दियामा जोरबिजोर प्रणाली लागू गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले असोज १३ ९भोलि० देखि जोरबिजोर प्रणाली लागु गर्ने निर्णय गरेको हो ।

जोरबिजोर प्रणालीसँगै जिल्लाका सबै पसलहरू शनिबार पूर्ण रूपमा बन्द गर्ने र अन्य दिनमा बिहानको १० देखि बेलुका ५ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बर्दियामा आइतबार ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो ।